प्लेअफ होडको महत्वपूर्ण खेलमा लुम्बिनीविरूद्ध कप्तान परिवर्तन गर्यो कर्णालीले
Read the full story at Setopati

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौड रोमाञ्चक बन्दै जाँदा बिहीबार कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा कर्णाली नयाँ कप्तानीसहित मैदान उत्रिएको छ। सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरले कर्णालीको कप्तानी सम्हालेका छन्। टस जितेका मिलरले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।
लिग चरणका खेल सकिन चारै टोलीका लागि अब दुई-दुई खेलमात्र बाँकी रहँदा प्लेअफमा पुग्ने समीकरण थप पेचिलो बनेको छ। यस्तो अवस्थामा आजको नतिजाले दुवै टोलीको प्लेअफ यात्रामा प्रभाव पार्नेछ। लुम्बिनी अहिले ७ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। पाँच खेल खेलेको लुम्बिनीले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
यता कर्णालीको प्रदर्शन भने अपेक्षाकृत राम्रो हुन सकेको छैन। पाँच खेलमध्ये दुई खेलमा मात्र जित निकालेको कर्णाली ४ अंकसहित सातौं स्थानमा छ। प्लेअफमा स्थान सुरक्षित गर्न लुम्बिनी आफ्नो स्थिति थप बलियो बनाउन चाहन्छ भने कर्णाली बाँकी खेल जित्दै अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछ। त्यसैले आजको खेल दुवै टोलीका लागि अंक जोड्ने अवसर मात्र नभई प्लेअफको सम्भावना बलियो बनाउने निर्णायक प्रतिस्पर्धासमेत हुनेछ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- लगातार हारपछि कप्तान फेर्यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दैBizmandu
- कर्णालीले पनि परिवर्तन गर्यो कप्तान, सोमपालको स्थानमा मिलरOnlinekhabar (Nepali)
- Rupee falls 33 paise to close at 94.04 against U.S. dollarThe Hindu
- कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्नेOnlinekhabar (Nepali)