Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो

Read the full story at Onlinekhabar (Nepali)

कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो

हालसम्म मधेशमा सरकार बनाउनेगरी नयाँ सत्ता समीकरणको सहमति भने बनिसकेको छैन । एमाले र नेकपा सरकारको नेतृत्व जसपा नेपाललाई दिन लचक छन् । जसपा नेपालले आन्तरिक गृहकार्य पनि गरिरहेको छ । तर, उसभित्र पनि आन्तरिक विवाद छ । २८ कात्तिक, जनकपुरधाम । विश्वासको मत पाउने अवस्था नदेखिएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामाको घोषणा गरे ।

राजीनामा दिँदा यादवले साधु र गधाको कथा सुनाए । भोजपुरीमा सुनाएको कथाको भाव थियो- संकटमा फसेको गधालाई साधुले निकाले । संकटबाट उम्काउने साधुलाई पनि त्यही गधाले पछाडिको लात्ताले हानेर आफ्नो स्वभाव देखायो । कथा टुंग्याउँदै अन्तिममा यादवले भने, ‘गदहा न छोडे गदहै ! साधुन न छोडे सधुवै !’ ( गधाले गधागिरि छाड्दैन, साधुले साधुगिरि छाड्दैन । ) उनले यो कथा नेकपा एमालेलाई लक्षित गरेका हुन् ।

मुख्यमन्त्री यादवले एक समय जसपा नेपाललाई सरकारबाट निकालेर एमालेलाई भित्र्याएका थिए । १९ मंसिर २०८१ मा मुख्यमन्त्री बन्दा उनलाई जसपा नेपालको साथ थियो । त्यसको ६ महिना नबित्दै उनले जसपा नेपाललाई हटाएर एमालेलाई सरकारमा सामेल गरेका थिए । सोही कारण यादवले एमालेलाई गधाको र साधुको कथा सुनाएका हुन् । मधेश प्रदेश सभामा अहिले एमाले, नेकपा र जसपासहितका मधेशवादी दल एकतिर हुँदा कांग्रेस एक्लो हुन पुगेको छ ।