Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

Read the full story at Onlinekhabar (Nepali)

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन सक्ने आशंका व्यक्त गरेका छन्। २८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ।

सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। यस अवधिमा ८ हजारभन्दा बढी उडान रद्द भए भने करिब १५ लाख यात्रु प्रभावित भएका छन्। ११ सेप्टेम्बर २००१ को आतङ्कवादी हमलापछि अमेरिकामा सबै उडान रोकिएको यो दोस्रो घटना हो। यसअघि जनवरी २०२३ मा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा यस्तो अवस्था सिर्जना भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको एयर ट्राफिक कन्ट्रोल सिस्टमलाई आधुनिकीकरण गर्न ३० अर्ब डलर अतिरिक्त कोष माग गरेका छन्। उनले रिपब्लिकन सिनेटर एरिक स्मिटसँग फोनमा कुरा गर्दै कंग्रेसबाट यससम्बन्धी विधेयक छिट्टै पारित गराउन आग्रह गरेका छन्। यो रकमबाट एयर ट्राफिक कन्ट्रोल सिस्टम, एयरपोर्ट टावर, टर्मिनल र अन्य अत्यावश्यक उड्डयन पूर्वाधारको स्तरोन्नति गरिनेछ। करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्।