‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना
Read the full story at Nagarik News
.jpg)
भारतीय वायुसेनामा कार्यरत एक विंग कमान्डरमाथि नग्न तस्बिरको प्रलोभनमा परी पाकिस्तानी गुप्तचरलाई संवेदनशील सूचना दिएको आरोप लागेको छ। दिल्ली प्रहरीले पटियाला हाउस अदालतमा दायर गरेको आरोपपत्रमा ती अधिकारीले पाकिस्तानी गुप्तचर अधिकारीसँग ह्वाट्सएपमार्फत सम्पर्क गरी गोप्य सैन्य सूचना आदानप्रदान गरेको उल्लेख छ। प्रहरीका अनुसार ती अधिकारी जनवरी १२ देखि अप्रिल १, २०२६ सम्म पाकिस्तानी गुप्तचर अधिकारीको सम्पर्कमा थिए।
अनुसन्धानकर्ताहरूले ती महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी नग्न तस्बिरको प्रलोभन देखाएर उनलाई संवेदनशील सूचना उपलब्ध गराउन लगाएको आरोप लगाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ती अधिकारीले नग्न तस्बिर प्राप्त गरेपछि भारतीय वायुसेनाको गोप्य युद्ध योजनाको एउटा पृष्ठ पठाएका थिए। प्रत्येक नग्न तस्बिरको बदलामा युद्ध योजनाको नयाँ पृष्ठ उपलब्ध गराउने प्रस्तावसमेत उनले गरेको प्रहरीको आरोप छ।
आरोपपत्रमा उनले लेह एयरबेसको सञ्चालन क्षमता, भारतीय वायुसेनाको युद्ध योजना, लडाकु विमानको तैनाथी र ड्रोन युद्धसम्बन्धी संवेदनशील जानकारी साझा गरेको उल्लेख छ। उनले लेह एयरबेस नियमित नभई कहिलेकाहीँ प्रयोग हुने र त्यहाँबाट विभिन्न प्रकारका सैन्य विमान उडाउन सकिने जानकारीसमेत दिएको आरोप छ।
In English
‘Honeytrap’ in India: Wing Commander allegedly handed military intelligence to Pakistani spy
A Wing Commander of the Indian Air Force has been seriously accused of leaking sensitive military information to a Pakistani spy after falling for the lure of nude photographs. According to the charge sheet filed by Delhi Police in the Pataula House Court, the officer allegedly contacted a Pakistani spy via WhatsApp from January 12 to April 1, 2026, sharing secret details regarding the capacity of Leh Airbase, war plans, fighter jet deployment, and drone units. Police claim that he used to send pages of war plans in exchange for each photograph. The investigation began after a prohibited iPhone was found in his office. He is also accused of ordering malware to be installed on the devices of his subordinates. The officer, who was arrested on May 30, is facing a case under the Official Secrets Act. However, the claims mentioned in the police charge sheet remain to be proven in court, and the necessary government approval to proceed with the case is yet to be obtained.
Machine translation — the original above is the story as filed.
More politics
- रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइतेNepal Khabar
- छठ मनाउन पत्नी निकितासँग आज जनकपुर जाँदै रवि, यस्तो छ सोमबारसम्मको कार्यक्रम सूचीNepal Khabar
- तराई, उपत्यका र खोचमा हुस्सु-कुहिरो, कस्तो होला मौसम दिउँसोNepal Khabar
- इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहुNepal Khabar
- कालीमाटीमा तरकारीको भाउ घट्यो कि बढ्योNepal Khabar
- शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्तNepal Khabar