Skip to main content
राजनीतिNepal Khabar

तराई, उपत्यका र खोचमा हुस्सु-कुहिरो, कस्तो होला मौसम दिउँसो

Read the full story at Nepal Khabar

तराई, उपत्यका र खोचमा हुस्सु-कुहिरो, कस्तो होला मौसम दिउँसो

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोचका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा साधारणतया तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। अनि मधेस प्रदेशका साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। यस्तै आज राति देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।