Skip to main content
राजनीतिNepal Khabar

पटेल–रमणले अलपत्र पारेको सुनकोसी मरिणमा काम गर्न चीन, भारत र भियतनामका कम्पनीको प्रस्ताव

Read the full story at Nepal Khabar

पटेल–रमणले अलपत्र पारेको सुनकोसी मरिणमा काम गर्न चीन, भारत र भियतनामका कम्पनीको प्रस्ताव

पटेल-रमण जेभी (संयुक्त उपक्रम)ले अलपत्र पारेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण गर्न ६ कम्पनीले प्रस्ताव पेस गरेका छन्। सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी अशोकराज गौतमले आयोजनाको सिभिल हाइड्रोमेकानिकल कम्पोनेन्ट र सोसँग सम्बन्धित मुख्य संरचना (बाँध र विद्युतगृह) निर्माण गर्न ६ कम्पनीले प्रस्ताव पेस गरेको जानकारी दिए। चीनका ४ र भारत र भियतनामका एक/एक कम्पनी ठेक्का प्रक्रियामा सहभागी छन्। यी ६ निर्माण कम्पनीमध्ये भारत, चीन र भियतनाका एक/एक कम्पनीसँग नेपाली निर्माण व्यवसायीले जेभीका रुपमा सहभागी जनाएका छन् भने चीनको एक कम्पनीले अर्को चिनियाँ कम्पनीसँग मिलेर ठेक्का हालेको आयोजनाले जानकारी दिएको छ। पटेल-रमण जेभीले समयमै काम नगरेको भनेर तोडिएको आयोजनाको बाँध पुनः बनाउन आयोजनाले गत जेठ २५ गते ३० दिनको समय दिएर अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी) आह्वान गरेको थियो। 'खरिद ऐन संशोधन हुनेबित्तिकै ठेक्का खोल्न मिल्दैन। संशोधनअनुरुपको डकुमेन्ट मिलाउन प्रस्तावकहरुलाई समय दिनुपर्छ। संशोधनका कारण म्याद थप भएको हो।

प्रस्तावकहरुले संशोधनबमोजिम बोलपत्र बुझ्नुपर्‍यो, त्योअनुसार बोलपत्र दाखिला गर्नुपर्छ। त्यसैले म्याद थप भएको हो', गौतमले भने। 'प्रस्तावको प्राविधिक मूल्यांकन गर्दै छौँ। त्यसको अध्ययन कार्य हुँदै छ। यो १०-१५ दिनमा सक्ने योजना छ। त्यसपछि प्राविधिक रुपमा सबल देखिएका कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्छौँ', गौतमले भने। तराईका ५ जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा दिने र ३१.०७ मेगावाट जलविद्युत् उत्पादन पनि गर्ने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय गौरवको सुनकोसीमरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु गरिएको थियो। करिब ४० अर्ब ४२ करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७७/०७८ मा सुरु गरिएको बहुउद्देश्यीय आयोजना आर्थिक वर्ष २०८५/८६ सम्ममा सम्पन्न गर्ने गरी अघि बढाइएको थियो।

यसअनुसार चार चरणमा निर्माणकार्य विभाजन गरिएको थियो। योजनाअनुसार पहिलो चरणमा सुरुङ निर्माण रहेकोमा २०८१ वैशाख २६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा टीबीएम अर्थात् टनेल बोरिङ मेसिनबाट १३.३ किलोमिटर सुरुङ छिचोलिसकिएको छ। त्यसैगरी दोस्रो चरणमा सुनकोसीनदीमा ब्यारेज (बाँध) निर्माणका साथै हेडरेगुलेटर, डिसेन्डर तथा १३.३ किलोमिटर सुरुङबाट सुनकोसीनदीको पानी मरिन खोलामा खसाल्ने योजना अनुरुप कार्य अघि बढाइएको थियो। यस कार्य ५५ महिनामा निर्माण सम्पन्न गर्ने गरी पटेल-रमण जेभीले १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा २०७९ पुस १७ गते ठेक्का पाएको छ। सम्झौता अवधिको ६१ प्रतिशत समय बेतित हुँदा निर्माण व्यवसायीको तर्फबाट जम्मा १० प्रतिशत मात्रै भौतिक प्रगति भएको थियो। पटक-पटक काम छिटो सक्न तोकता गरे पनि निर्माण व्यवसायीबाट समयमा सम्पन्न नहुने देखिएपछि २०८२ कात्तिक २५ गते ठेक्का तोडिएको थियो।