साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ
Read the full story at Ratopati

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान नाम गरेका युवक छन् ।
शनिबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । ब्युरोको टोलीले उनको साथबाट ३ किलो ५ सय ग्राम थाइल्यान्डबाट ल्याइएको गाँजा बरामद गरेको छ । सलमान नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि थाइल्यान्डबाट आएको गाँजाको लगेज रिसिभ गरेर उनी विमानस्थलबाट बाहिरिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । थाइल्यान्डबाट गाँजा पठाएको विमान आउने समयमा एउटै समय मिलाएर उनी दिल्लीबाट काठमाडौं आएर लगेज रिसिभ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपितमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।
More society
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- तिहारपछि ह्वात्तै घटेको सुनको भाउ आज अरू ओरालोNepal Khabar
- तेलुगु फिल्मका लोकप्रिय अभिनेता तथा निर्देशक गिरी बाबुको निधनRatopati
- Harka Sampang falls for film publicity stunt, demands answers from Gauri Malla and teamOnlinekhabar English
- भक्तले मन्दिरमा चढाए १६ करोड रूपैयाँDC Nepal