अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
Read the full story at Thaha Khabar

गुल्मी : पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ। सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो। सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुुपिएको चट्टानसहितको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो। सडक सञ्चालनमा आएसँगै तिहार मनाउन गाउँमा आएका र रुद्रवेणी‐पूर्तिघाट सडकखण्डमा रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत गर्ने सवारी साधन तथा यात्रु थप समस्यामा परेका थिए ।
कालीगण्डकी करिडोर मुस्ताङसम्म पुग्ने छोटो सडक भएकाले पछिल्ला दिनमा व्यस्त रहने गरेको छ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- Rupee falls 33 paise to close at 94.04 against U.S. dollarThe Hindu
- Paraguayans get some savings back after banking collapse disrupted economyFrance 24
- Markets extend gains for 3rd day; Sensex ends above 81,900 on FII inflows, lower crude oilThe Hindu
- लगातार हारपछि कप्तान फेर्यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दैBizmandu