Skip to main content
ताजाRatopati

लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा LIVE UPDATES

Read the full story at Ratopati

लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर किङ्ग्सका कप्तान चारिथ असलंकाले अन्तिम ओभरमा राम्रो बलिङ गर्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै असलंकाले आफ्नो टोलीले राम्रो रन बनाए पनि त्यसलाई जोगाउन नसकेको बताए ।

उनले ओसका कारण बलिङ गर्न कठिन भएको र फिल्डिङमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । जितपछि लुम्बिनीका ब्याटर सन्दीप जोराले टी–२० क्रिकेटमा एक–दुई बाउन्ड्रीले नै खेलको अवस्था परिवर्तन गर्न सक्ने बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जोराले टी–२० क्रिकेटमा मोमेन्टम निकै महत्त्वपूर्ण हुने बताए ।

विराटनगरसँग एक समय ३३ रनको अवस्थामा दबाबमा रहेको लुम्बिनीले केही राम्रा सट खेलेपछि खेल आफ्नो पक्षमा फर्किएको उनको भनाइ छ । ‘हामीबिच एक–दुई बाउन्ड्री आयो भने खेल सहज हुन्छ भन्ने कुरा भइरहेको थियो । किनभने त्यसपछि मोमेन्टम हाम्रो पक्षमा आउँछ । टी–२० क्रिकेट भनेकै मोमेन्टमको खेल हो,’ उनले भने ।