Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ

Read the full story at Onlinekhabar (Nepali)

५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ

बलिउड अभिनेता सैफ अली खानले हालै इन्स्टाग्राममा आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा ५६ वर्षीय सैफ शर्ट नलगाई योग गरिरहेको देखिएका छन् । खुला आकाशमुनि उनले सूर्य नमस्कार गरेको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

सैफको यो भिडियोको करिना कपुरदेखि शिल्पा शेट्टीसम्मले प्रशंसा गरेका छन् । भिडियोमा उनको शारीरिक तन्दुरुस्ती स्पष्ट देखिन्छ । भिडियो सार्वजनिक गर्दै सैफले आफ्नो दैनिक दिनचर्यालाई नयाँ ढङ्गले व्यवस्थित गर्ने प्रयासबारे पनि बताएका छन् ।

पहाडको फेदीमा रहेको खुला तथा प्राकृतिक वातावरणमा उनले योग अभ्यास गरेको देख्न सकिन्छ । सैफ आफ्नो शरीरलाई फिट राख्न नियमित र अनुशासित दिनचर्यामा ध्यान दिन्छन् । उनी भारी तौल उठाएर गरिने व्यायामभन्दा योग, शरीरको लचकता, सन्तुलन र कार्यक्षमता बढाउने अभ्यासलाई प्राथमिकता दिन्छन् ।