कुमार बेनमाथि छानबिन गर्न कांग्रेस पदाधिकारीको माग, विपक्षी मोर्चा कस्न राजनीतिक संवाद बढाउने
Read the full story at Bizmandu
काठमाडौं। कांग्रेसमा इनम सापकोटा प्रकरणमा प्रत्यक्ष जोडिएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार कुमार बेनमाथि छानबिन गर्नुपर्ने माग उठेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको अनौपचारिक बैठकमा नेताहरुले बेनको भूमिका शंकास्पद भन्दै छानविनको माग उठेको हो। अनुसन्धान गर्ने आधिकारिक निकाय हुँदाहुँदै कानुनभन्दा माथि गएर बेनले मोबाइल दुई दिन राख्नु नै शंकास्पद भएको एक पदाधिकारीले बताए। ‘इनम सापकोटाको मोबाइल लिएर दुई दिनसम्म मोबाइलबाट के के डिलेट गरे?
के के थपे। यसको डिटेल बाहिर आउनुपर्छ। यसबारे प्रधानमन्त्रीका सल्लाहाकार वेनमाथि छानविन गर्नुपर्छ,’ पदाधिकारी बैठकमा अधिकांशको माग थियो। बिचौलिया इनम सापकोटाको दुई वटा मोबाइल प्रहरीको फरेन्सिक जाँच अघि दुई दिनसम्म कुमार बेनले नियन्त्रणमा राखेको सुचना वाहिरिएको थियो। ‘करोडको कुरा गर्छन्।
नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन,’ बिहीबार फेसबुकमार्फत थापाले भनेका छन्। गत पुसमा विशेष महाधिवेशन गरेको कांग्रेसले असोजमा १५ औं महाधिवेशन सम्पन्न गरेको थियो। कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले सबै कन्टेन्ट हटाएर सभापति थापामाथि आरोपको विषय थपिएको दाबी गरे। ‘अडियो पनि बाहिर रेकर्ड गरिएको छ। इनम सापकोटाको बयान सफेद झुट हो।
More politics
- Minister Bharath attends temple consecration ceremony in A.P.’s KurnoolThe Hindu
- BJP takes out protest march in Shivamogga against opposition to SIRThe Hindu
- Congress chief urges Puducherry government to provide cyclone-relief to affected people in Yanam without delayThe Hindu
- महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजारOnlinekhabar (Nepali)
- ‘सरकारले यसरी नै काम गर्यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’Onlinekhabar (Nepali)
- जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदनOnlinekhabar (Nepali)