महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजार
Read the full story at Onlinekhabar (Nepali)

भन्सार तथ्यांकले बजारमा प्रशस्त मात्रामा भाइमसला भित्रिएको देखाउँछ भने अर्कातिर व्यापारीहरू बाटो अवरुद्ध भएको र सामान ढिलो आएको कारण देखाउँदै अचाक्ली मूल्य असुलिरहेका छन् । १९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ ।
काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्रमुख व्यापारिक केन्द्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढ्दो छ । विशेषगरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मखमलीको माला र भाइमसला (ड्राइफ्रुट्स) उपहार दिने परम्परा छ । यही परम्पराका कारण अन्य समयमा कम खपत हुने सुक्खा फलफूल अर्थात् भाइमसलाको माग तिहारको बेला अत्यधिक हुन्छ ।
काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिरजस्ता मसलाले सजिएका पसलमा ग्राहकको भिड लागे पनि यसपालि मूल्य सुनेर धेरै उपभोक्ता झस्किएका छन् । पे स्ताको मूल्य दोब्बर, बदाम र ओखर पनि उस्तै महँगो यस वर्ष भाइमसला खरिद गर्न बजार पुगेका उपभोक्तालाई सबैभन्दा ठूलो झट्का पिस्ताको मूल्यले दिएको छ । नयाँ बानेश्वरस्थित होलसेल पसल मसला भण्डारका सञ्चालक बच्चन साहका अनुसार गत वर्षको तुलनामा यस वर्ष पिस्ता, बदाम, ओखर लगायतका मसलाको मूल्य अचाक्ली बढेको छ ।
More politics
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- Thapa seeks Oli’s support to save Congress-led Madhesh governmentKathmandu Post
- Saudi firm to pay 181,000 riyals to family of Nepali killed in drone strikeKathmandu Post