म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
Read the full story at Nagarik News

म्यानमाको राखाइन राज्यस्थित पोन्नाग्युन टाउनसिपमा रहेको ‘ब्यार ला’ विस्थापित शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको यस आक्रमणमा पाँच वर्षीय बालकसमेत मारिएका छन् भने १८ जना घाइते भएका छन्। फ्युसिन यिन ख्विन फाउन्डेसनका अध्यक्ष खाइन हेन हतेतका अनुसार, लडाकु विमानले पूर्वसूचना बिना नै बम खसालेको थियो।
विगत चार वर्षदेखि गृहयुद्धबाट विस्थापितहरू बस्दै आएको उक्त शिविर सुरक्षित रहेको स्थानीयको विश्वास थियो। आक्रमणमा आफ्ना परिवारका सदस्य गुमाएका स्थानीयले घटनास्थलमा शव छरपस्ट अवस्थामा फेला परेको बताएका छन्। सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता राखाइन राज्यमा आराकान आर्मी र सेनाबीचको द्वन्द्व तीव्र बनेको छ।
यस घटनाबारे सेनाले कुनै प्रतिक्रिया दिएको छैन। द्वन्द्व अनुगमन संस्था एक्लेडका अनुसार म्यानमाको गृहयुद्धमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
In English
Airstrike on displaced persons' camp in Myanmar, 12 killed
At least 12 people were killed in an airstrike by the army on the 'Byar La' displaced persons' camp located in Ponnagyun Township, Rakhine State, Myanmar. In this attack, which occurred on Friday evening, a five-year-old boy was also killed, and 18 people were injured. According to Khin Hein Htet, chairman of the Fushin Yin Khwin Foundation, the fighter aircraft dropped bombs without prior warning. The camp, where people displaced by the civil war have been living for the past four years, was believed to be safe by locals. Locals who lost family members in the attack stated that bodies were found scattered at the scene. Since the army seized power in 2021, the conflict between the Arakan Army and the army has intensified in Rakhine State. The army has not responded to this incident. According to the conflict monitoring organization Aclad, more than 100,000 people have lost their lives in Myanmar's civil war so far.
Machine translation — the original above is the story as filed.
More politics
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar