Skip to main content
राजनीतिBizmandu

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा, अल्पमतमा परेपछि प्रदेशसभाबाट घोषणा

Read the full story at Bizmandu

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा, अल्पमतमा परेपछि प्रदेशसभाबाट घोषणा

जनकपुरधाम। अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि शनिबार राजीनामा दिएका हुन्। विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरे। मधेसमा कां्गरेस, एमाले र नेकपाको सरकार थियो।

केन्द्रमा कुरा नमिलेपछि एमाले र नेकपा बाहिरिए। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए। विश्वासको मत नपाउने अवस्था आएपछि यादव मुख्यमन्त्री पदबाट हटेका हुन्। उनले अंकगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताए। कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ मा राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० मा राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । यादवको राजीनामापछि प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुंगो लागेको छैन। एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।

In English

Madhesh Chief Minister Yadav resigns, announces decision from Provincial Assembly after falling into minority

Madhesh Province Chief Minister Krishna Prasad Yadav has resigned from his post after it became clear he would not be able to secure a vote of confidence in the Provincial Assembly. Addressing the Provincial Assembly meeting on Saturday, he announced his resignation, stating that he prioritized public service over remaining in office given the arithmetic reality. Following the change in the ruling coalition at the center, Yadav fell into a minority after the UML and NCP withdrew their support for the government. Four ministers from the UML resigned on October 11, and four ministers from the NCP resigned on November 5. In the 107-member Provincial Assembly, 54 members are required for a majority, where the Congress has 22, UML 23, JSP 27, NCP 15, Janamat 12, and other parties have two members. Following Yadav's resignation, the process for forming a new government has now begun, but it is not yet clear under which party's leadership the government will be formed.

Machine translation — the original above is the story as filed.