हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।
उनका अनुसार महानगरपालिकाले यसअघि कुटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ । सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ ।
विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनले बताइन् । यसका लागि महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सहयोग पुगेको उनले उल्लेख गरिन् ।
More society
- तिहारपछि साढे १२ हजार घट्यो सुनको भाउ, चाँदी पनि सस्तियोNepal Khabar
- Sarlahi village mourns 13 residents killed in Makawanpur crashKathmandu Post
- मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एक युवक पक्राउRatopati
- ‘Blind Game’ movie review: Arjun Rampal’s swag can’t save this twisted thrillerThe Hindu
- Ernakulam Rural police in Keralam book 17,181 for traffic violations in 11 daysThe Hindu
- Indiana court backs daughter as sole representative of father's estate after family disputeTimes of India