Skip to main content
समाजNepal Khabar

तिहारपछि साढे १२ हजार घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

Read the full story at Nepal Khabar

तिहार बिदापछि सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकिएको हो।यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै तिहारपछि चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँ घटेको छ।आज चाँदीको मूल्य तोलाको ३ हजार ७ सय रुपैयाँमा झरेको हो।सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।