आगामी मंसिर २३ र २४ गते काठमाडौंमा पूर्वाधार सम्मेलन हुँदै
Read the full story at Setopati

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनको छैटौँ संस्करणबारे बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। ‘उत्थानशील भविष्यका लागि निर्माण’ भन्ने नारासहित आयोजना हुने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तामाझ प्रस्तुत गरिनेछ। साथै, केही परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।
सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र विषयविज्ञबीच छलफल हुनेछ। ६९ वटा विधेयकमार्फत कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधारको खाका तथा आगामी १० वर्षको दूरदृष्टि र लगानीकर्ताले सामना गरिरहेका समस्या समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्र विकासबारे छलफल हुनेछ। प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिले कानुनी सुधार, नीतिगत व्यवस्था र पहिचान गरिएका लगानीयोग्य परियोजनाबारे जानकारी गराउनेछन्।
यसबाट सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना तथा कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.
More politics
- Minister Bharath attends temple consecration ceremony in A.P.’s KurnoolThe Hindu
- BJP takes out protest march in Shivamogga against opposition to SIRThe Hindu
- Congress chief urges Puducherry government to provide cyclone-relief to affected people in Yanam without delayThe Hindu
- महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजारOnlinekhabar (Nepali)
- ‘सरकारले यसरी नै काम गर्यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’Onlinekhabar (Nepali)
- जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदनOnlinekhabar (Nepali)