'न्हु दँया भिन्तुना' उत्सवभित्र हराएको आन्दोलन!
Read the full story at Setopati

कुनै पनि आन्दोलन एकै पटक हराउँदैन। पहिले त्यसको उद्देश्य धमिलो हुन्छ, त्यसपछि विचार कमजोर हुँदै जान्छ र अन्ततः आन्दोलन आफ्नै इतिहासको उत्सव मनाउने औपचारिकतामा सीमित हुन्छ। आन्दोलनका नायकहरूले नै त्यसको विद्रोही चरित्रलाई निष्प्रभावी बनाइदिन्छन्। अन्ततः आन्दोलन रहन्छ, तर त्यसको राजनीतिक आत्मा हराउँछ।
नेपाल मण्डलबाट उदाएको 'न्हु दँया भिन्तुना' ले आज यही अवस्था पार गर्दैछ। साथै, यो नेपालको पहिचानको राजनीतिमा देखिएको एउटा गम्भीर विडम्बना पनि हो। मधेस आन्दोलन अहिले सत्ताको नदीमा तैरिरहेको कागजको नाउजस्तो भएको छ। कुनै समय राज्यको चरित्र बदल्ने, संघीयताको आधार निर्माण गर्ने र मधेसी समाजको राजनीतिक आत्मसम्मान स्थापित गर्ने आन्दोलन आज सत्ताको समीकरणमा आफ्नो अस्तित्व खोजिरहेको छ।
आदिवासी–जनजाति आन्दोलन वर्षमा एक पटक साकेला र ल्होसारका अवसरमा टुँडिखेलमा उत्सवका रूपमा देखिन्छ। यसका कतिपय अभियानीहरू आफ्नो समुदायको ऐतिहासिक अधिकार र राजनीतिक भविष्यको बहस गर्नुभन्दा एमाले ठिक कि माओवादी भन्ने बहसमा बढी समय खर्चिरहेका हुन्छन्। यी अभियानीहरूका लागि अधिकारको सवाल व्यक्तित्व परिमार्जनका माध्यम र त्यसपछि निर्वाचनमा मूलधारका पार्टीहरूबाट उम्मेदवारीको यकिन गराउनु हुन गएको छ। दलित आन्दोलनको उपस्थिति संयुक्त राष्ट्रसंघको विभेद विरूद्धको दिवसका दिन राजधानीका होटलका सभाकक्ष र गोष्ठीहरूमा बढी देखिन्छ।
More politics
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar