Skip to main content
वातावरणSetopati

भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने

Read the full story at Setopati

भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने

विश्व जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) सोमबार टर्कीको अन्ताल्यामा सुरू हुँदैछ। जलवायु संकट सामना गर्न सहकार्य र आर्थिक सहयोग बढाउने विषयमा छलफल हुने सम्मेलनमा अमेरिकी सरकारले भने आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार दोस्रो वर्ष राष्ट्रसंघको जलवायु सम्मेलनमा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको हो। सन् २०२५ मा ब्राजिलमा आयोजित कोप–३० मा पनि ट्रम्प प्रशासनको आधिकारिक सहभागिता थिएन।

राष्ट्रसंघको आयोजनामा नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव घटाउने, बढ्दो तापक्रम नियन्त्रण गर्ने, जलवायु संकटबाट प्रभावित देशलाई आर्थिक सहयोग उपलब्ध गराउने र यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ। संसारमा सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने अमेरिकाको आधिकारिक अनुपस्थितिलाई सम्मेलनको महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ। ट्रम्पले दोस्रो पटक राष्ट्रपति बनेलगत्तै सन् २०१५ को पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए। उक्त निर्णय अनुसार सन् २०२६ को जनवरीमा अमेरिका सम्झौताबाट औपचारिक रूपमा बाहिरिएको हो।

त्यसपछि ट्रम्पले गत जनवरी ७ मा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) बाट समेत अमेरिका बाहिरिने निर्णय गरेका थिए। उक्त निर्णय सन् २०२७ मा लागू हुने बताइएको छ।