Skip to main content
वातावरणNepal Khabar

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, क्षतिपूर्ति माग

Read the full story at Nepal Khabar

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप-३१ मा पेस गर्ने 'पोजिसन पेपर' तयार गरेको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) टर्कीको मुख्य शहर तुर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मंसिर ४ सम्म) कोप-३१ सम्मेलन आयोजना हुँदै छ।

'पोजिसन पेपर' भन्नाले कोप-३१ मा कुनै एक देशले आफ्नो राष्ट्रिय हित, प्राथमिकता र अडानलाई स्पष्ट रूपमा राख्न तयार गरिएको आधिकारिक दस्तावेजलाई बुझाउँछ। कोप-३१ मा पेस हुने पोजिसन पेपर तयार गरिसकेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले सरोकारवालाहरूसँग विस्तृत छलफल गरेपछि पोजिसन पेपर तयार गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१ औं महासभा बैठकलाई सम्बोधन गर्दा उल्लेख गरेका विषयलाई नै आधार बनाएर नेपालले कोप-३१ मा पेस गर्ने पोजिसन पेपर तयार गरेको सरकारी अधिकारीहरूले बताएका छन्।