एनपीएल अब ‘बिजनेस एन्ड’ तर्फ, कसको प्लेअफ सम्भावना कति ?
Read the full story at Onlinekhabar (Nepali)

अब लिग चरणका १० खेल बाँकी छन् भने हालसम्म कुनै पनि टोलीको प्लेअफमा स्थान पक्का भएको छैन । कुनै टोली बाहिरिसकेका पनि छैनन् । २२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका १८ खेलहरू सकिइसकेका छन् । कात्तिक ९ देखि सुरु भएको प्रतियोगितामा २१ गतेसम्म १८ खेल सकिँदा अब लिग चरणमा १० खेल मात्र बाँकी छन् । आइतबार लक्ष्मीपूजाको दिन भएकाले रेस्ट डे राखिएको छ, कुनै खेल हुने छैनन् ।
बुधबार भाइटीकाको दिन अर्को रेस्ट डे छ । आज र बुधबारबाहेक अन्य दिन १० खेलहरू सम्पन्न हुनेछन् र अर्को आइतबारसम्म लिग चरणका २८ वटै खेल सकिनेछन् । आठ टोलीमध्ये चार टोली प्लेअफमा पुग्नेछन्। अहिलेसम्म लुम्बिनी लायन्स सात अंकसहित शीर्षस्थानमा रहँदा काठमाडौं गोर्खाज ४ खेलमा र सुदूरपश्चिम रोयल्स ५ खेलमा समान ६ अंकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। चितवन राइनोज चार खेलमा पाँच अंकसहित चौथो स्थानमा छ। जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किङ्स समान चार अंकसहित प्लेअफ दौडमा छन्।
चार खेल खेलेको पोखरा एभेन्जर्स भने अहिलेसम्म अंकविहीन छ। लिग चरणमा अब १० खेल मात्र बाँकी रहँदा प्लेअफ समीकरण पनि अब विस्तारै बन्दै जानेछन् । अब हुने हरेक खेल प्लेअफको समीकरणका लागि महत्त्वपूर्ण हुनेछन् । बाँकी खेलको नतिजाले शीर्ष चारको समीकरणमा ठूलो प्रभाव पार्नेछ।
More environment
- सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्धNepal Khabar
- कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, क्षतिपूर्ति मागNepal Khabar
- भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा एक खर्ब ३२ अर्ब बराबर क्षतिOnlinekhabar (Nepali)
- Delhi Air Quality Turns 'Very Poor' On Diwali, To Turn 'Severe' TomorrowNDTV
- Cop31 must deliver climate progress that people can see is real, host saysThe Guardian
- Delhi records ‘very poor’ air quality on Diwali with 376 AQIThe Hindu