जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता
Read the full story at Onlinekhabar (Nepali)

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप-३१ को सन्दर्भमा आयोजित छलफलमा जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र पुख्र्यौली थातथलोको संरक्षणका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। मन्त्री चौधरीले आदिवासी समुदायको परम्परागत जीवनशैलीमा परेको असरलाई जलवायु अनुकूलन योजनामा समेट्नुपर्नेमा जोड दिइन्।
छलफलमा सहभागी अभियन्ताहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र रसुवा–भोटेकोशी विपद्बाट प्रभावित समुदायको अवस्थालाई प्राथमिकता दिन माग गरे। वनमन्त्रीका सल्लाहकार अभिषेक श्रेष्ठले नेपाल र भुटानले पर्वतीय क्षेत्रको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पहल अघि बढाएको जानकारी दिए।
सहभागीहरूले हिमाली क्षेत्रका मुद्दा उठाउँदा आदिवासी, महिला, युवा र अपाङ्गता भएका व्यक्तिका सवाललाई एकीकृत रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
In English
Minister Chaudhary commits to raising indigenous issues with priority in climate talks
Minister for Agriculture, Forest and Environment Geeta Chaudhary has expressed her commitment to strongly raise the issues of rights, identity, and protection of ancestral lands of indigenous communities affected by climate change at national and international forums during a discussion held in the context of COP-31. Minister Chaudhary emphasized that the impact on the traditional lifestyles of indigenous communities must be included in climate adaptation plans. Activists participating in the discussion demanded that priority be given to the impact of climate change in the Himalayan region and the situation of communities affected by the Rasuwa-Bhote Koshi disaster. Forest Minister's advisor Abhishek Shrestha informed that Nepal and Bhutan have taken initiatives to limit the temperature rise in the mountain region to 1.5 degrees Celsius. Participants pointed out the need to present the issues of indigenous people, women, youth, and persons with disabilities in an integrated manner while raising the issues of the Himalayan region.
Machine translation — the original above is the story as filed.
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- COP31: Protesters, UN urge swift climate dealDW
- Coimbatore Forest Division to raise wildlife monitoring and patrol fleet of AI-enabled dronesThe Hindu
- लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरिँदा काठमाडौँ र चितवनलाई प्लेअफको बाटो खुलाRatopati
- सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जानेRatopati
- Australian PM caught making genital joke with climate minister at COP31 - watchTimes of India