बलिउडकी नयाँ स्टार किड : को हुन् नाओमिका सरन ?
Read the full story at Onlinekhabar (Nepali)

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नाओमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् । नाओमिका बलिउडका पहिलो सुपरस्टार मानिने राजेश खन्ना र चर्चित अभिनेत्री डिम्पल कपाडियाकी नातिनी हुन् । उनी अभिनेत्री रिंकी खन्ना र व्यवसायी समीर सरनकी छोरी हुन् । अभिनेत्री ट्विंकल खन्नाकी भतिजीसमेत हुन् ।
उनको परिवारको बलिउडसँग पुरानो सम्बन्ध छ । उनका हजुरबुवा राजेश खन्नाले सन् १९७० को दशकमा बलिउडमा ठूलो स्टारडम बनाएका थिए । हजुरआमा डिम्पल कपाडिया पनि आफ्नो अभिनयका कारण आजसम्म चर्चामा छिन् । उनकी आमा रिंकी र फुपू ट्विंकलले समेत फिल्ममा काम गरिसकेका छन् । नाओमिकाले मुम्बईबाट विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् । त्यसपछि उनले सेन्ट जेभियर्स कलेजमा अध्ययन गरिन् ।
हाल उनी अमेरिकाको न्युयोर्क विश्वविद्यालयअन्तर्गत टिस स्कुल अफ आर्ट्समा उच्च शिक्षा हासिल गरिरहेकी छिन् । यो संस्था अभिनय, फिल्म निर्माण र प्रदर्शन कलाका लागि चर्चित मानिन्छ । नाओमिकाले पनि अभिनय तथा फिल्म निर्माणमा आफ्नो रुचि अघि बढाइरहेकी छिन् । अहिलेसम्म नाओमिका मुख्यधारको बलिउड फिल्म उद्योगमा सक्रिय भइसकेकी छैनन् ।
More politics
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar