सर्वोच्च अदालत संविधान र मौलिक हकको संरक्षक होः प्रस्तावित न्यायाधीश सारू
Read the full story at Setopati

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारूले सर्वोच्च अदालत संविधानको संरक्षक, मौलिक हकको रक्षक तथा संविधान र कानूनको अन्तिम व्याख्याता भएको बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै सारूले न्यायपालिकालाई न्यायको अन्तिम धरोहर भएको बताएका हुन्।
नेपालको संविधानको प्रस्तावनाले नै स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाई संविधानको धारा १३३ र १३७ ले महत्वपूर्ण न्यायिक अधिकार प्रदान गरेको बताए। उनका अनुसार सर्वोच्च अदालतले संविधानसँग बाझिएका कानून बदर गर्ने, नागरिकका मौलिक हक प्रचलन गराउने, संघ, प्रदेश र स्थानीय तहबीच कानूनी विवाद निरूपण गर्ने तथा निर्वाचन सम्बन्धी विवादको निराकरण गर्ने संवैधानिक जिम्मेवारी पाएको छ।
सारूले न्यायिक जिम्मेवारी पूरा गर्न नजिर, विधिको शासन, संवैधानिकता, शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, मान्यता प्राप्त न्यायिक सिद्धान्त तथा निष्पक्ष न्यायका आधारलाई आत्मसात गर्नुपर्ने बताए। सर्वोच्च अदालतको न्यायाधीशमा परिपक्वता, अनुभव, न्यायशीलता, क्षमाशीलता, विवेकशीलता, अध्ययनशीलता, सदाचार, नम्रता, निर्भीकता र उच्च नैतिकता हुनुपर्ने उनको भनाइ छ।
More politics
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar