भक्तपुर दरबार: पाइलापाइलामा इतिहास
Read the full story at Nagarik News

यस्तो क्षेत्र, जहाँ एउटा सम्पदा हेरेर अर्को खोज्न घण्टौं हिँड्नु पर्दैन। पाइलापाइलामै भेटिन्छ एकपछि अर्को इतिहास। केही मिनेटमै मन्दिर, दरबार, चोक, पाटी र कलात्मक वास्तुकलाको संसार आँखैअगाडि खुल्न आइपुग्छ। त्यसैले त भन्ने गरिन्छ– एक मिनेटको हिँडाइमै संसार देखिने ठाउँ भक्तपुर दरबार क्षेत्र। यो दरबार क्षेत्र सयौं वर्ष पुराना कला, वास्तुकला संस्कृति, धर्म र सभ्यताको संसार हो। यहाँका प्रत्येक ढुंगा, इँटा, काठ र धातुमा एउटा एउटा कथा लुकेका छन्।
यो नेपालको मध्यकालीन कला र वास्तुकलाको अनुपम केन्द्र हो। यहाँ प्रवेश गर्ने प्रमुख चल्तीको मार्ग हो– खौमा गेट। यो कलात्मक गेटबाट भित्र पसेपछि त्यो संसार देख्न सकिन्छ। त्यहाँ प्रवेश गर्न विदेशी पर्यटकले तिर्नुपर्छ जनही दुई हजार रुपैयाँ। गेटबाट छिर्नेबित्तिकै देखिन्छ प्रख्यात ५५ झ्याले दरबार। यही परिसरमा छ गोल्डेन गेट अर्थात् सुनको ढोका।
यहाँ थन्थु दरबार, फसी देग, पशुपति मन्दिर, कृष्ण मन्दिर मात्रै होइन, यहाँ लाल बैठक (दरबार) पनि छ। यहाँ क्रमशः भेटिन्छन् लामो पाटी, एल आकारको अर्को पाटी, ५५ झ्याले दरबार बनाउन लगाउने राजा भूपतीन्द्र मल्लको सालिक। यही परिसरमै पर्छ राष्ट्रिय कला संग्रहालय पनि, जहाँ अवलोकनका लागि नेपाली र विदेशी दुवैले प्रवेश शुल्क तिर्नुपर्छ। खौमा गेटबाट भित्र आउनेबित्तिकै नेपालकै पुरानामध्येको एउटा स्कुल श्री पदम मावि देखिन्छ।
In English
Bhaktapur Durbar: History at every step
Bhaktapur Durbar Square is a unique confluence of medieval Malla-era art, architecture, and culture, where remnants of history are found at every step. Entering through the Khauwa Gate, this area contains important structures such as the 55-Window Palace, the Golden Gate, the Pashupati Temple, the Krishna Temple, and the National Art Museum. According to Heritage Officer Rajju Hada, the site where Shree Padma Secondary School is currently located was previously the Basantapur Palace. According to tour guide Asim Shah, the main feature of this area is the presence of so many historical structures in such a small space. While the 55-Window Palace is an excellent example of Nepali woodcarving, the Golden Gate reflects the high standard of the sculpture of that time. The Shilu Mahadev Temple and the under-construction Thanthu Palace have also further highlighted the historical importance of this area. This area, for which an entry fee of 2,000 rupees has been set for foreign tourists, is not just a museum but a living heritage connected to the daily lives of the locals.
Machine translation — the original above is the story as filed.
More politics
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar