के २०८५ को तिहारमा लक्ष्मी पूजाको एक महिनापछि भाइटीका पर्ने हो ?
Read the full story at Onlinekhabar (Nepali)

सामाजिक सञ्जालमा यसबारे २ वर्षअगाडि नै यही हो भनेर ठोकुवा गर्दै हल्ला फैलाउनु त्यति उपयुक्त हुँदैन । त्यो आधिकारिक कुरा पनि होइन । यस वर्षको तिहार नजिकै आइरहेको छ । सामाजिक सञ्जाल तिर हेर्नुभयो भने आउँदै २०८३ को मात्रै होइन २०८५ को तिहारको चर्चा पनि उत्तिकै देख्न सकिन्छ । अझ यो चर्चा दसैं नसकिँदै सुरु भएको थियो । दावी गरिएअनुसार २०८५ सालमा कार्तिक २ गते कार्तिक कृष्ण औंसी पर्नेछ ।
त्यसको भोलिपल्टदेखि मलमास सुरु हुन्छ । त्यसपछि मंसिर १ गतेसम्म मलमास अर्थात अधिक महिना रहन्छ । मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्छ । २०८५ सालमा साँच्चिकै त्यस्तै संयोग छ त ? यो प्रश्न हामीले नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान कार्यकारी निर्देशक पण्डित आचार्य लक्ष्मण पन्थी लाई सोधेका छौँ । २०८५ सालमा लक्ष्मी पूजाको एक महिनापछि मात्रै भाइटीका हुन्छ भन्ने हल्ला धेरै चलेको छ ।
यसबारे हामी जानकार छौँ । अहिलेसम्म २०८४ सालको पञ्चाङको समेत निर्णय भइसकेको छैन । यस्तो अवस्थामा २०८५ को यही नै हुन्छ भनेर भन्न सकिँदैन । त्यो भन्नु उचित पनि हुँदैन । विभिन्न सिद्धान्तका आधारमा पञ्चाङ्ग तयार गरिन्छ । अहिलेसम्म हामीले अपनाउँदै आएको सिद्धान्तअनुसार हेर्दा २०८५ सालमा कार्तिक १ गते शुद्ध कार्तिक कृष्ण चतुर्दशी बिहान ११:१७ बजेसम्म रहन्छ ।
More society
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- Former police chief Karki moves Supreme Court against removalKathmandu Post
- Supreme Court asks Allahabad HC to give Azam Khan priority hearingThe Hindu
- एक वर्षमा ९१९ विषय शिक्षक उत्तीर्णThaha Khabar
- २६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छOnlinekhabar (Nepali)