२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ
Read the full story at Onlinekhabar (Nepali)

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा लामो यात्रा तय गरिसकेकी छैनन् । तर, फिल्मभन्दा बाहिर उनको पहिरन, महँगा फेसन ब्रान्ड, सार्वजनिक उपस्थिति र जीवनशैलीले भने सधैं लाइमलाइटमा राख्ने गरेको छ । सन् २०००मा मुम्बईमा जन्मिएकी खुशीको बाल्यकाल सामान्य थिएन । आमा श्रीदेवी भारतीय फिल्मकी चर्चित अभिनेत्री थिइन् भने पिता बोनी कपूर बलिउडका स्थापित निर्माता ।
तर, चर्चित परिवारमा जन्मिँदैमा आफ्नै पहिचान बनाउन सजिलो हुँदैन । खुसीले सन् २०२३ मा जोया अख्तर निर्देशित नेटफ्लिक्स फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गरिन् । यसमा उनले बेट्टी कुपरको भूमिका निर्वाह गरेकी थिइन् । सुहाना खान र अगस्त्य नन्दाजस्ता स्टारकिडसँग एउटै फिल्मबाट पर्दामा देखिएकी उनको अभिनयलाई लिएर प्रशंसा र आलोचना दुवै भए । त्यसपछि सन् २०२५ मा उनी ‘लभयापा’ र ‘नादानियाँ’मा देखिइन् ।
‘लभयापा’मा जुनैद खानसँग र ‘नादानियाँ’मा इब्राहिम अली खानसँग पर्दा बाँडेकी खुसीले फरक भूमिकामार्फत आफूलाई चिनाउने प्रयास गरिन् । खुशीको पहिरन र फेसन छनोटले उनलाई युवा पुस्तामाझ पनि चर्चित बनाएको छ । उनी सार्वजनिक कार्यक्रममा डिजाइनर पहिरनमा देखिन्छिन् । यही रुचिलाई उनले अहिले व्यावसायिक रूपसमेत दिएकी छन् ।
More society
- हङकङका बीएनओ भिसावाहकलाई बेलायतको १० वर्षे नियम लागु नहुनेNepal Khabar
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- Former police chief Karki moves Supreme Court against removalKathmandu Post
- Cheranalloor crash case: court seeks data on BNS Section 105 invocations in accidents involving juvenile driversThe Hindu
- Ministry urges end to caste discrimination and separate ghats during ChhathOnlinekhabar English