धनतेरसमा कति होला सुनचाँदीको कारोबार? अर्डरबाट आशावादी छैनन् व्यवसायी
Read the full story at Bizmandu
काठमाडौं। यसपालि धनतेरसमा सुनचाँदीको कारोबार विगतका वर्षमा जस्तो नहुने भएको छ। सुनचाँदी व्यवसायीका अनुसार अर्डर नै कम रहेका कारण यसपालि धनतेरसका दिन विगतमा जस्तो कारोबार नहुने भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष दियेश रत्न शाक्यले सुनको भाउ बढेका कारण धनतेरसमा कारोबार कम हुने देखिएको बताए। ‘भाउ महँगो भएका कारण यसपालि अर्डर धेरै छैन। त्यसैले धनतेरसमा पोहोर परारजस्तो बिक्री हुने आशा छैन,’ उनले भने।
सुनको भाउ अहिले प्रति तोला २ लाख ८८ हजार ९०० रुपैयाँ छ। पोहोर धनतेरसका दिन सुनको भाउ तोलाको २ लाख ५८ हजार रुपैयाँ थियो। न्युरोडस्थित जे जे ज्वेलर्सका संचालक पवन सोमानियाले तिहार बजार सोचेजस्तो नरहेको बताए। ‘ग्राहकबाट खासै अर्डर आएको छैन। त्यसैले यसपालिको धनतेरस उत्साहजनक हुने आशा छैन,’ उनले भने, ‘भाउ ह्वात्तै घट्यो भने छुट्टै कुरा, होइन भने कारोबार बढ्ने संकेत छैन।’ विगतका वर्षमा धनतेरसमा व्यापारीहरुले ४० किलोसम्म सुन बिक्री गरेको उदाहरण छ। न्युरोडकै तेजमिन ज्वलेरीका संचालक तेजरत्न शाक्यले पनि धनतेरसमा सुन धेरै बिक्री हुने संकेत नदेखिएको बताए।
‘एक दिनमै भाउ ह्वातै बढेपछि धनतेरसका लागि अर्डर गर्ने ग्राहक निकै कम छन्। अहिले सुन र चाँदी दुवैको माग कम छ,’ उनले भने। यसपालि धनतेरस शुक्रबार परेको छ। धनतेरसका दिन सुनको गहना, चाँदीको सिक्का र भाँडाकुडा किन्ने चलन छ।
More business
- Cyberattack: French bank says online hacking stole around $100 millionFrance 24
- दसैंअघि गरिएको नापीका ८५७ कर्मचारीको सरुवा तिहारको मुखमा मन्त्रालयले गर्यो बदरBizmandu
- १० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालNagarik News
- विराटनगरले दिएको झिनो लक्ष्य दुई अस्ट्रेलियन ब्याटरको प्रभावशाली प्रदर्शनमा सजिलै भेट्यो काठमाडौंलेBizmandu
- Share market investor Dipendra Agarwal released on Rs 1 million bailOnlinekhabar English
- १० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवालOnlinekhabar (Nepali)