२२ करोड रुपैयाँ पर्ने सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
Read the full story at Thaha Khabar

काठमाडौँ : लागु औषध नियन्त्रण ब्यूरोले ५.५ किलोग्राम सेतो हेरोइनसहित लागु औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको महाराष्ट्र राज्यअन्तर्गत पुणे ठेगाना भएका ५२ वर्षीय रेवाराज टिघारे शनिबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्। थाइल्याण्डबाट हवाई मार्ग हुँदै नेपाल आएका उनलाई शंकास्पद यात्रीहरूको पहिचान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनको साथमा रहेको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागु औषध बरामद भएको हो। प्रहरीले निजको साथबाट ५.५ किलो सेतो हेरोइनका साथै एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ। बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुने र सो हेरोइन भारत पुगेपछि भारतीय बजारमा अझै महँगो पर्ने बताइएको छ।
अनुसन्धानका क्रममा उनी लागु औषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको र उनको साथबाट ‘मेकानिकल इन्जिनियर’ को प्रमाणपत्रसमेत फेला परेको ब्यूरोले जनाएको छ। पक्राउ पर्नुअघि पनि उनले दुई पटक लाओसबाट नेपाल आई पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थल मार्ग हुँदै भारतसम्म लागु औषध पुर्याएको खुलेको छ।
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- आन्तरिक पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट देखिन्छन् मनमोहक हिमशृङ्खलाDC Nepal
- In major breakthrough, U.S. assures India of comparative tariff advantage over its competitorsThe Hindu
- Upper Tamakoshi Hydropower earns Rs 1.65 billion in net profit in 3 monthsOnlinekhabar English