गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्रले भने- युवा पुस्तालाई अवसर दिन म अभिभावकीय भूमिकामा रहन्छु
Read the full story at Setopati

नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पार्टीमा युवा पुस्तालाई जिम्मेवारी दिन आफू अभिभावकीय भूमिकामा रहने घोषणा गरेका छन्। उनले आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने वातावरण निर्माण गर्नसमेत आग्रह गरेका छन्। ‘म कुनै पदको प्रतिस्पर्धामा नरहे पनि पार्टीप्रतिको मेरो सक्रियता, जिम्मेवारी र प्रतिबद्धता निरन्तर रहनेछ। आफूले सकेसम्म सक्रिय रहँदै पार्टी र नयाँ पुस्ताका साथीहरूलाई आवश्यक सहयोग, मार्गदर्शन र अभिभावकीय भूमिका निर्वाह गरिरहनेछु,’ उनले भने। आदरणीय साथीहरू, मुख्य विषयमा प्रवेश गर्नुअघि हालसालै भोटेकोशी तथा रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै, उद्धार, खोजी तथा राहत कार्यलाई निरन्तरता दिँदै अझ प्रभावकारी र व्यवस्थित बनाउन नेपाल सरकारसँग हार्दिक अपील गर्दछु।
साथीहरू, हामी नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा छौँ। यसपटकको महाधिवेशन विशेष महाधिवेशनबाट आएको सभापति गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले सम्पन्न गर्दैछ। यतिबेला नेपाली कांग्रेसलाई अझ एकताबद्ध र सुदृढ बनाएर अगाडि बढाउनु वर्तमान केन्द्रीय कार्यसमितिको प्रमुख दायित्व हो भन्ने कुरामा दुईमत हुन सक्दैन। यही मर्मलाई आत्मसात् गर्दै सभापति गगन थापाले १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई समेत वर्तमान कार्यसमितिमा समेटेर पार्टी एकतालाई थप मजबुत बनाउन अधिकतम लचकता र समावेशी भावना प्रस्तुत गर्नुभएको छ। पार्टी एकताका लागि गरिएको यो प्रयास प्रशंसनीय तथा स्वागतयोग्य छ। साथीहरू, मेरो करिब ५५ वर्ष लामो राजनीतिक यात्रामध्ये झन्डै ४५ वर्ष नवलपरासी जिल्लाको राजनीतिक तथा सामाजिक सेवामै समर्पित रह्यो। यस अवधिमा जिल्लाका साथीहरूले मेरो राजनीतिक पृष्ठभूमि, निरन्तर योगदान र पारिवारिक विरासतप्रति समेत सम्मान व्यक्त गर्दै मलाई चार पटक जिल्ला सभापतिको जिम्मेवारी प्रदान गर्नुभयो।
त्यसैगरी, एक पटक सर्वसम्मतिसहित दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित हुने तथा पहिलो प्रदेश समन्वय विभाग प्रमुखका रूपमा काम गर्ने अवसर पनि प्राप्त भयो। मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको पहिलो प्रदेशसभा निर्वाचनमा नवलपुर जिल्ला, क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने अवसर पाएँ। त्यसपछि नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो। यो लामो राजनीतिक यात्रामा मप्रति विश्वास, साथ, सहयोग र सम्मान प्रकट गर्नुहुने सम्पूर्ण शुभेच्छुक एवं जिल्लावासीप्रति म हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्दछु।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Setopati.
More politics
- Can ‘Mission 2026’ finally deliver Nepal its first Asian Games gold?Kathmandu Post
- Constitution review mired in political debate as parties fail to agree on scope of amendmentKathmandu Post
- Constitution Day puts Nepal’s constitutional future in focusKathmandu Post
- Nepal’s Sanu Maya Thing knocked out in Asian Games karateKathmandu Post
- Flames, smoke seen near Riyadh airport; Houthis claim attacks on Saudi capitalKathmandu Post
- Ed Sheeran says he made ‘mistakes’ amid Macklemore controversyKathmandu Post