गोर्खालीहरू अब अग्निवीर बन्ने कि नबन्ने ?
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । सन् २०२३ मा धरान र बुटवलका लागि तय भएको भारतीय सेनाको भर्ना छनोट प्रक्रिया रोकियो । गोर्खा भर्ती सुरु भएयता भारतको चाहनाबिना पहिलो पटक औपचारिक रूपमै गोर्खा भर्ती रोकिएको थियो । भारतले आफ्नो सेनालाई कम खर्चिलो, चुस्त, आधुनिक र युवा बाहुल्य बनाउन भन्दै २०२२ मा अग्निपथ योजना ल्याएपछि नेपाल सरकारले भर्ती रोकेको थियो । १४ जुन २०२२ मा स्वीकृत भारतीय सैनाको भर्ना सम्बन्धी नीति हो, अग्निपथ ।
अग्निपथ योजनाअन्तर्गत भर्ना भएका युवाहरूलाई अग्निवीर भनिन्छ । भर्ती हुने उमेर साढे १७ वर्षदेखि २१ वर्ष र सेवाअवधि ४ वर्ष तोकियो । उनीहरूको पहिलो वर्षको मासिक तलब ३० हजार भारतीय रुपैयाँ र चौथो वर्षको ४० हजार भारतीय रुपैयाँ छ । यो योजना अनुसार प्रत्येक १०० अग्निवीरमध्ये बढीमा २५ जनाले सेवामा निरन्तरता दिन पाउँछन् । तर ४ वर्षपछि बाहिरिने ७५ प्रतिशतले पेन्सन वा उपदान केही पनि पाउँदैनन् ।
अग्निपथ लागु भएपछि रोकिएको गोर्खा भर्ती भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका बेला पुनः चर्चामा आएको हो । चर्चामा आउनुको पछाडि प्रमुख दुई वटा कारण छन् । पहिलो–मिश्रि काठमाडौंमा ओर्लनुभन्दा केही दिन पहिले नै भूतपूर्व भारतीय गोर्खा सैनिकहरूले रोकिएको भर्ती खुलाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका थिए । अग्निपथ योजना स्वीकारेरै युवाहरूलाई भारतीय सेनामा जान दिनुपर्ने उनीहरूको माग छ ।
More politics
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar