‘मलाई कहिल्यै राजनीतिप्रति रुचि थिएन’
Read the full story at Ratopati

राजीव नरहेपछि मेरो वरिपरिको हरेक कुराले मेरो पीडालाई प्रतिध्वनित गरिरह्यो । उनको सम्झनासँग जोडिएका कामहरूमा मैले केही सान्त्वना पाउँथेँ । तर सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्ने अवस्था आउँदा आफ्नै कमजोरीसँग सामना गर्नुपथ्र्यो । त्यस्ता कार्यक्रमहरूबाट पन्छिन सम्भव थिएन । मैले नेतृत्व गरिरहेका विभिन्न स्मृति प्रतिष्ठानहरूको कामलाई निरन्तरता दिनुपर्ने थियो । त्यसअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन र संवोधनहरू पनि पर्थे ।
यस्ता कार्यक्रममा अतिथिहरूलाई भाषणमार्फत स्वागत गर्नुपर्ने जिम्मेवारी मेरो हुन्थ्यो । कार्यक्रम हुनुभन्दा केही दिनअघिदेखि नै म आफ्नो बेचैनीसँग जुध्न थाल्थेँ । स्रोताहरूलाई सम्बोधन गरिरहेका बेला अचानक आँसु थाम्न नसकिएला भन्ने डरले सताउँथ्यो । आगन्तुकहरूले समवेदना व्यक्त गर्दा पनि त्यस्तै हुन्थ्यो । मलाई याद छ, एकपटक दलाई लामा आउनुभएको थियो । उहाँले आफ्नो सधैँको जस्तै सहज र सोझो शैलीमा मलाई सोध्नुभयो, ‘राजीवको हत्या गर्नेहरूप्रति तपाईंलाई प्रतिशोधको भावना आउँछ ?’ मैले जवाफ दिएँ, ‘आउँदैन,’ र त्यसपछि भक्कानिएर रोएँ ।
त्यो कमजोरीको अनुभूति मभित्र लामो समयसम्म रहिरह्यो । तर बिस्तारै, दिनहरू शुन्य र अन्त्यहीन लाग्न छाडे । निद्रा फर्किन थाल्यो । राजीव मेरो जीवनमा चसक्क घोचिरहने अनुपस्थितिका रूपमा होइन, मेरो अन्तरमनभित्रको उपस्थितिका रूपमा रहन थाले ।
More politics
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar