Skip to main content
अर्थतन्त्रThaha Khabar

काठमाडौँसहित देशका प्रमुख शहरहरूको वायु अस्वस्थकर

Read the full story at Thaha Khabar

काठमाडौँसहित देशका प्रमुख शहरहरूको वायु अस्वस्थकर

काठमाडौँ : काठमाडौँसहित देशका प्रमुख शहरहरूको वायु अस्वस्थकर बनेको छ। कीर्तिपुर, लाजिम्पाट, बालुवाटार, गौशालालगायत क्षेत्रको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५० देखि झण्डै २०० को हाराहारीमा पुगेको छ। यस्तै ललितपुरको पाटन, कुपण्डोलगायत क्षेत्रमा वायुको गुणस्तर १७२ एक्युआई सम्म पुगेको छ। बुटवललागत उपत्यका बाहिरका शहरको वायुको गुणस्तर अझ खराब बनेको छ।

बुटवलमा २५० एक्युआइ मापन भएको छ, जबकि एक्यूआई १५० नाघ्नुलाई अस्वस्थ मानिन्छ। इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो मानिन्छ। ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ अनि १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ। त्यसभन्दा माथि पुग्नुलाई धेरै अस्वस्थकर मानिएको छ।

यो समाचार तयार पर्दा सम्म विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये काठमाडौं सातौँ स्थानमा छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार वायु प्रदूषणको असर दीर्घकालीन रूपमा श्वासप्रश्वास प्रणाली र हृदयसम्बन्धी स्वास्थ्यमा पर्न सक्छ ।