साहस ऊर्जाको नाफा २१.०६ प्रतिशतले वृद्धि, ३ महिनामा कमायो ५९ करोड ९१ लाख
Read the full story at Bizmandu

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा साहस ऊर्जाले ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले ३ महिनामा आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा २१.०६ प्रतिशतले धेरै हो।
हाइड्रोपावरले गत वर्ष पहिलो त्रैमासमा ४९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत् उत्पादन बढ्दा कम्पनीले नाफा बढाएको हो। पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट साहस ऊर्जाले ९५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो रकम पोहोर पहिलो त्रैमासको तुलनामा ३.१६ प्रतिशतले बढी हो। साहस ऊर्जाको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय स्थिति रुपैयाँमा सूचक २०८३/८४ २०८२/८३ फरक % चुक्ता पुँजी ४,५७,३८,००,००० ३,७८,००,००,००० २१ विद्युत् बिक्रीवापतको आम्दानी ९५,३८,२३,३६३ ९२,४६,३६,९८७ ३.१६ वित्तीय लागत -११,६५,९९,७११ -१६,७९,६४,४३२ – कुल नाफा ५९,९१,४७,३१५ ४९,४८,९९,९८१ २१.०६ प्रति सेयर आम्दानी ५२.४ ५२.३७ ०.०६ प्रति सेयर नेटवर्थ १९३.७१ १९६.८९ -१.६२ स्रोत: कम्पनीको ब्यालेन्स सिट The post साहस ऊर्जाको नाफा २१.०६ प्रतिशतले वृद्धि, ३ महिनामा कमायो ५९ करोड ९१ लाख appeared first on BIZMANDU .
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- India, Egypt look to strengthen trade, investment ties, Piyush Goyal saysThe Hindu
- PNB eyes ₹200 crore quarterly profit each from credit card, cash management verticalsThe Hindu
- बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न यूएई सरकारलाई गृहमन्त्री सुधनको आग्रहBizmandu
- तमोर कोरिडोरले राँके बजारको व्यापार घटायोNagarik News