Skip to main content
वातावरणDC Nepal

रसुवा बाढीको असर: मुस्ताङमा भदौ महिनामा पर्यटक आगमन झन्डै आधा घट्यो

Read the full story at DC Nepal

रसुवा बाढीको असर: मुस्ताङमा भदौ महिनामा पर्यटक आगमन झन्डै आधा घट्यो

मुस्ताङ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रसमेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ। साउन महिनामा बेनी-जोमसोम-कोरला सडकमार्ग बाढी, पहिरो र कालीगण्डकीको कटानका कारण पटक-पटक अवरुद्ध […] मुस्ताङ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रसमेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ। साउन महिनामा बेनी-जोमसोम-कोरला सडकमार्ग बाढी, पहिरो र कालीगण्डकीको कटानका कारण पटक-पटक अवरुद्ध […] मुस्ताङ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रसमेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ। साउन महिनामा बेनी-जोमसोम-कोरला सडकमार्ग बाढी, पहिरो र कालीगण्डकीको कटानका कारण पटक-पटक अवरुद्ध भए पनि पर्यटकको आगमन उत्साहजनक नै थियो। तर भदौ १० को रसुवा विपद्पछि भने मुस्ताङ भित्रिने पर्यटकको सङ्ख्या ४७.७८ प्रतिशतले घटेको प्रहरीको विवरणले देखाउँछ। म्याग्दी र मुस्ताङको सीमावर्ती घाँसा प्रहरी चौकीको तथ्यांक अनुसार भदौ महिनामा आन्तरिक पर्यटक ४६.१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक ५२.०५ प्रतिशतले घटेका छन्। साउनमा ३० हजार ६५५ आन्तरिक र ३१ हजार ५७५ सार्क पर्यटक आएकोमा भदौमा यो सङ्ख्या घटेर क्रमशः १६ हजार ५०३ र १५ हजार १३८ मा झरेको हो। यद्यपि, तेस्रो मुलुकका पर्यटक भने साउनमा १९३ जना रहेकोमा भदौमा बढेर ३४८ पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार भदौ १० को रसुवा बाढी घटना र त्यसबाट उत्पन्न शोकका कारण मानिसहरूको यात्रा योजना प्रभावित हुँदा मुस्ताङमा पर्यटक घटेको हुनसक्छ। चालु आवको साउन र भदौ दुई महिनामा गरी कुल ९३ हजार २५२ पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्, जसमा ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क र ४४१ अन्य राष्ट्रका पर्यटक रहेका छन्। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं मध्य - बानेश्वर, काठमाडौं सूचना विभाग दर्ता प्रमाणपत्र न‌ं. २४०/०७३-७४ प्रकाशक: दिपा पौड्याल समाचार सम्पादक: मदन कोइराला