८ असोजदेखि भारी वर्षाको चेतावनी, मौसम विभाग के भन्छ ?
Read the full story at Onlinekhabar (Nepali)

नेपालको जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । ४ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट ८-१२ असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन् । उनले केही मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ ।
‘धेरैवटा फोरकास्ट मोडेल हेरेर मात्र यो पूर्वानुमान सार्वजनिक गरेको हुँ,’ पोखरेलले लेखेका छन्, ‘डर देखाउन होइन, यो सबै तयारी चाँडो गर्न मद्दत होस् भनेर राखेको हो । ’ पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ । उनका अनुसार त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने जोखिम छ । अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन् । उनका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन् । उपाध्यायका अनुसार असोज १० गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ । तर अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ । ‘अझै आशावादी छु, असोज ८–११ को सम्भावित भीषण वर्षा केही मथ्थर होला कि भनेर,’ उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘…हाल उपलब्ध प्राय: सबै मोडेलबाट नाप्दा अवस्था भयावह देखिन्छ ।
’ उनले गत वर्षको उदाहरण दिँदै पूर्वानुमान गरिएको जोखिम अन्तिम अवस्थामा घट्न सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण पनि गराएका छन् । उनका अनुसार २०८२ कात्तिकमा आएको ‘मोन्था’ चक्रवात भारतीय पूर्वी समुद्री तटमा शक्तिशाली रहे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको थियो । त्यसकारण नेपालमा अनुमान गरिएभन्दा क्षति निकै कम भएको उदाहरण रहेको उनले बताएका छन् । ‘यस्तै केही चमत्कारको आश छ,’ उपाध्यायले लेखेका छन् । उनले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘नडराऔँ, नआत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ,’ उनले भनेका छन् ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Onlinekhabar (Nepali).
More environment
- छारेभिरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्धNepal Khabar
- काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढीNepal Khabar
- साउदीमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हुथीको दाबी, अमेरिकाले जारी गर्यो चेतावनीNepal Khabar
- रसुवा बाढीले निम्त्याएको विपद्बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?Ratopati
- रसुवा बाढीको असर: मुस्ताङमा भदौ महिनामा पर्यटक आगमन झन्डै आधा घट्योDC Nepal
- जलवायु न्याय र 'हिमालय बचाऔँ' अभियानको तत्काल आवश्यकताRatopati