कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन
Read the full story at Nagarik News

गण्डकी प्रदेशको एकमात्र उत्तरी नाका कोरला हुँदै सञ्चालनमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामै वार्षिक राजश्व लक्ष्यभन्दा बढी रकम संकलन गरेको छ। कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो।
तर साउनदेखि कात्तिकसम्मको चार महिना पूरा नहुँदै कार्यालयले १२ अर्ब ५५ करोड १४ लाख ५३ हजार २ सय २२ रुपैयाँ राजश्व संकलन गरिसकेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिनाका अनुसार कात्तिक २६ गतेसम्म यस नाकाबाट २ हजार ६ सय ३ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्। कात्तिक २५ गतेसम्म २ हजार ४ सय ७८ वटा गेटपास भएका मालवाहक कन्टेनर भित्रिएका थिए भने कात्तिक २६ गते एकै दिन थप १ सय २५ वटा कन्टेनर नेपाल प्रवेश गरेका हुन्।
कोरला नाकाबाट तयारी पोसाक, चिनियाँ कपडा, जुत्ता–चप्पललगायतका सामग्री ठूलो मात्रामा आयात भइरहेको कार्यालयले जनाएको छ। झोला, स्मार्ट कार्ड, सल, दोसल्लालगायतका विभिन्न सामग्री पनि यही नाकाबाट भित्रिने गरेका छन्। नेपालमा आयात हुने सामान बिग्रिए वा च्यातिएमा प्रयोग हुने विभिन्न आवश्यक सामग्रीसमेत यस नाकाबाट आउने गरेको भन्सार प्रमुख तिम्सिनाले बताए।
More business
- चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियोOnlinekhabar (Nepali)
- Andhra Pradesh attracted investment proposals worth ₹22 lakh crore since June 2024: Vice-PresidentThe Hindu
- Experts place emphasis on ‘resilient blue economy’The Hindu
- डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउBizmandu
- बसको ठक्करबाट बालिकाको मृत्युRatopati
- छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दैNagarik News