Skip to main content
अर्थतन्त्रNagarik News2 outlets covering

छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दै

Read the full story at Nagarik News

छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दै

सीमित व्यक्तिहरूले छठ मनाउँदा कपिलवस्तुमा छठको विषयमा खासै जानकारीसमेत थिएन। मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ विगत १० वर्षयता जिल्लाका विभिन्न जातजातिहरूले समेत मनाउने गरेका छन्। मैथिली, मधेसी, जनजाति, मुस्लिम लगायतका समुदायले समेत छठ पर्व उल्लासका साथ मनाउन थालेपछि यसले जिल्लामा धार्मिक सद्‌भाव छर्ने गरेको छ। छठप्रति सबैको आस्था बढ्दै गएपछि यसको महिमा समेत फैलिँदै गएको छ।

जसले गर्दा छठ पर्व जिल्लामा एकता र सद्‌भावको बनेको छ। मैथिली, पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ। केही वर्षअघिसम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको हो। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जातजातिहरूले समेत मनाउन थालेपछि यो पर्व समावेशी र सांस्कृतिक पर्वका रूपमा विकसित हुँदै गएको हो।

सिरहा, सप्तरी, पर्सा लगायतका जिल्लाहरूमा मनाइने गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धुमधामसँग मनाउन थालिएपछि यो पर्व धार्मिक सद्‌भावका रूपमा स्थापित हुँदै गएको हो। विशेष गरी पूर्वका मधेसी समुदायले मात्र अंगालेको छठ पहाडी, नेवार, मधेसी, दलित, मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ।