Skip to main content
वातावरणRatopati

चितवनको सर्वाधिक राशिको आख्यान पुरस्कार उपन्यासकार निहारीकालाई

Read the full story at Ratopati

चितवनको सर्वाधिक राशिको आख्यान पुरस्कार उपन्यासकार निहारीकालाई

चितवन । साहित्यकार निलम कार्की ‘निहारीका’ को उपन्यास ‘राजमाता’ लाई यस वर्षको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार चितवनमा एक कार्यक्रमको आयोजना गरी उपन्यासकार निहारीकालाई उक्त पुरस्कार समर्पण गरेको हो । कार्यक्रममा स्रष्टा निहारीकालाई दुबोको माला, दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

पुरस्कारको राशि २ लाख १ सय ६० रुपैयाँ रहेको छ । कविडाँडा साहित्य समाजले स्थापना गरेको यो पुरस्कार चितवनबाट प्रदान गरिने सर्वाधिक राशिको साहित्यिक पुरस्कार हो। पुरस्कृत स्रष्टा निहारीका नेपाली साहित्य जगत्‌मा स्थापित आख्यानकार हुन्। उनका यसअघि ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’ र ‘द्रौपदी अवशेष’ लगायतका चर्चित उपन्यासहरू प्रकाशित भइसकेका छन्।

नेपाली साहित्यको प्रगति र उत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित संस्थाले वि.सं.२०७५ सालदेखि निरन्तर रूपमा उत्कृष्ट आख्यानलाई पुरस्कृत गर्दै आएको छ । कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले समाजले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउने लक्ष्यसहित यो सम्मानको परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन्।