Skip to main content
खेलकुदNagarik News

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

Read the full story at Nagarik News

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो। कर्णालीका लागि हुसैन तलतले नटआउट ५१ रनको योगदान गरे। मात्र ३३ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गरे। अरिफुल इस्लाम ३५, गुल्शन झा १८ र पवन सर्राफ १५ रनमा आउट भए।

लगातार तेस्रो खेलमा डेभिड मिलर चलेनन्। एनपीएलको आफ्नो डेब्यु खेलमा भने मिलरले सुदूरपश्चिम रोएल्सविरुद्ध ५५ बलमा नटआउट ९३ रन बनाएका थिए। पोखरा एभेन्जर्ससँगको खेलमा मात्र ७ रन बनाएका उनी कप्तानको जिम्मेवारी पाएपछि लुम्बनी लायन्ससँगको खेलमा ५ रनमै पवेलियन फर्के। आइतबार पनि उनी चितवनसँग समान ५ रनमा उस्मान मिरको बलमा कुशल मल्लबाट क्याच आउट भए। चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उस्मान मिरले समान २ तथा रिजन ढकाल र सिकन्दर राजाले समान एक विकेट लिए।

चितवन यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली बाहिरिएको छ। आजको जितले चितवनलाई भने तेस्रो स्थानमा रहँदै प्लेअफ पुग्ने सम्भावना कायम रहनेछ । तर यसका लागि आजै हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग पराजित हुनुपर्नेछ ।

In English

NPL: Karnali sets a target of 154 runs for Chitwan, Miller out cheaply for the third consecutive match

Karnali Yaks has presented a target of 154 runs to Chitwan Rhinos in the Nepal Premier League (NPL). Batting first after winning the toss at the TU Cricket Ground in Kirtipur, Karnali posted a total of 153 runs for the loss of 8 wickets in the allotted overs. Hussain Talat contributed an unbeaten 51 runs for Karnali. Playing only 33 balls, he hit 3 sixes and 2 fours. Ariful Islam was out for 35, Gulshan Jha for 18, and Pawan Sarraf for 15 runs. David Miller failed to perform for the third consecutive match. In his debut NPL match against Sudurpaschim Royals, Miller had scored an unbeaten 93 runs off 55 balls. He scored only 7 runs in the match against Pokhara Avengers, and after being given the captaincy, he returned to the pavilion for just 5 runs in the match against Lumbini Lions. On Sunday as well, he was caught by Kushal Malla off the bowling of Usman Mir for the same score of 5 runs against Chitwan. For Chitwan, Kamal Airee, Salahuddin Khan, and Usman Mir took 2 wickets each, while Rijan Dhakal and Sikandar Raza took one wicket each.

Machine translation — the original above is the story as filed.

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट · EkJhalak News