विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास
Read the full story at Ratopati

म्याड्रिड । विश्वकप विजेता स्पेनसँग आइतबार राति हुने प्रतिस्पर्धा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोलीका लागि आफ्नो प्रगति प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि इंग्ल्यान्डले आफ्नो खेलशैली, रणनीति र मानसिकतामा कति सुधार गरेको छ भन्ने निर्धारण स्पेनविरुद्धको खेलले गर्नेछ । यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए समूह ३ को शीर्ष स्थान निर्धारण गर्ने यो खेल म्याड्रिडस्थित मेट्रोपोलिटानो रंगशालामा हुदैँछ । स्पेन अहिले विश्व फुटबलकै सबैभन्दा बलियो लयमा रहेको टोलीमध्ये एक हो ।
उसले लगातार ४३ खेलसम्म अपराजित रहने कीर्तिमान बनाएको छ । यस अवधिमा स्पेनले ३४ खेल जितेको छ भने नौ खेल बराबरी खेलेको छ । पछिल्लोपटक सन् २०२४ को मार्चमा कोलम्बियासँग पराजित भएयता स्पेनले हार बेहोरेको छैन । यसबीच स्पेनले युरो २०२४ र सन् २०२६ को विश्वकप दुवै उपाधि जितेको छ । युरोको फाइनलमा उसले इंग्ल्यान्डलाई नै पराजित गरेको थियो ।
घरेलु मैदानमा पनि स्पेनको प्रदर्शन प्रभावशाली छ । सन् २०२२ को सेप्टेम्बरमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भएयता उसले आफ्नै मैदानमा खेलेका २० खेलमा हार बेहोरेको छैन । तीमध्ये १५ खेल जितेको छ भने पाँच खेल बराबरी गरेको छ ।
More sports
- Karnali set Chitwan a target of 154 in final league matchKathmandu Post
- NFL star Fred Warner backs single mothers with charity dinner and donationsTimes of India
- प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै (भिडियो)Ratopati
- ग्याङस्टरको निशानामा अमिताभ बच्चन, घरबाहिर गोली चलाउने योजनाNagarik News
- रास्वपाको २० सदस्यीय टोली महामन्त्री आचार्यको नेतृत्वमा चीन प्रस्थान, ११ दिन विभिन्न शहर घुम्नेBizmandu
- रास्वपाका २० सांसदको जम्बो टोली ११ दिने चीन भ्रमणमाDC Nepal