Skip to main content
खेलकुदRatopati

प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै (भिडियो)

Read the full story at Ratopati

प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल छन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स दिउँसो साढे १२ बजे भिड्दा दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ ।

चार टोलीले प्लेअफमा स्थान बनाइसकेकाले आइतबारका खेलले अब प्लेअफ समीकरण परिवर्तन गर्ने छैनन् । तर, अंकतालिकाको अन्तिम स्थान, टोलीको मनोबल र प्रतियोगिताको सुखद अन्त्यका लागि यी खेल महत्त्वपूर्ण हुनेछन् । शनिबार लुम्बिनीले विराटनगरलाई हराएसँगै लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डु र चितवनले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

जनकपुर, कर्णाली, पोखरा र विराटनगर भने प्रतियोगिताबाट बाहिरिएका छन् । यसरी आइतबारका दुवै खेलको मुख्य आकर्षण प्लेअफ प्रवेश नभई लिग चरणको अन्तिम नतिजा र टोलीहरूको आत्मविश्वास हुनेछ । चितवन र काठमाण्डु प्लेअफअघि जितको लय कायम राख्न चाहन्छन् भने कर्णाली र पोखरा अन्तिम खेल जितेर प्रतियोगिताबाट बिदा हुन चाहन्छन् ।