शोकाकुल सुन्दरपुर
Read the full story at Onlinekhabar (Nepali)

मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ को एउटै टोल सुन्दरपुर १३ जना र चालकसहित १४ जनाको मृत्यु भयो । उनीहरू काठमाडौंमा गर्थे तरकारी र फलफूलको व्यापार २६ कात्तिक, जनकपुरधाम/सर्लाही । भोलि शुक्रबारदेखि आस्थाको महापर्व छठ विधिवत सुरु हुँदै छ । त्यही छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलस्थित घरमा निर्मला देवी यादवले पूजा सामग्रीहरूको जोहो गरिसकेकी थिइन् । किनभने छोराबुहारी नातिनातिना चढेर आउँदै गरेको माइक्रो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट सातसय मिटर तल खस्दा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ ।
जसमा निर्मलाको घरका ६ जनाको ज्यान गएको छ । उनले दुई छोरा, बुहारी र तीन नातिनी गुमाएकी छन् । परिवार काठमाडौंमा तरकारी र फलफूलको व्यापार गर्दै आएको छ । मोटरसाइकलमा अर्कोदिन आउँछु भनेका उनका छोरा अवधेश यादव र १५ महिने नाती दुर्घटनामा बाँच्न सफल भएका छन् । दुर्घटनामा निर्मलाका छोरा २५ वर्षीय विकेश यादव र १७ वर्षीय सुदेश यादवको मृत्यु भएको छ ।
यस्तै बुहारी अवधेशकी श्रीमती २५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दीपिका यादवको मृत्यु भएको छ । खबर सुन्नासाथ विचलित भएकी उनलाई आफन्तले दुर्घटनास्थल भीमफेदी नजिक पुर्याएका छन् । निर्मला र छोरा अवधेशको परिवार नै उजाडिएको छ ।
More politics
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्योNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar