हिजो ढुङ्गा–बालुवा बोक्थे, आज अमेरिकासम्म दुना–टपरी पठाउँछन्
Read the full story at Onlinekhabar (Nepali)

ज्यालादारीमा गुजारा चलाउने सर्लाहीका जितेन्द्र महतोले जङ्गलमा खेर जाने पातबाट दुना–टपरी बनाउन ५० हजार रुपैयाँको बिउ पुँजीबाट उद्यम सुरु गरे। आज उनका उत्पादन नेपालका विभिन्न सहर हुँदै अमेरिकासम्म पुगेका छन्। उनी समुदायका महिला र अभिभावकविहीन किशोरलाई स्वरोजगार बनाएर काम गरिरहेका छन् । सर्लाहीका जितेन्द्र महतो १४ वर्षको उमेरदेखि ढुङ्गा–बालुवा बोक्दै ज्याला–मजदुरी गर्थे। काम नियमित थिएन। बिहान खाए बेलुका के खाने र बेलुका खाए भोलि बिहान के खाने भन्ने चिन्ता हुन्थ्यो।
आज उनी आफ्नै व्यवसाय चलाउँछन्, उनका उत्पादन अमेरिकासम्म पुगिसकेका छन् र उनको व्यवसायले गाउँका करिब १५० महिलालाई अतिरिक्त आम्दानीको अवसर दिएको छ। सर्लाहीको हरिवन नगरपालिका–४, सासापुरका जितेन्द्र महतो अहिले २२ वर्षका छन्। १२ कक्षासम्म पढेका उनले १४ वर्षको उमेरदेखि नै ज्याला–मजदुरी गर्न थाले। परिवारको मुख्य आम्दानी खेतीपाती र मजदुरी थियो। उनी ढुङ्गा–बालुवा बोक्ने काम गर्थे, तर काम नियमित थिएन। आर्थिक अभावसँगै अवसरको अभाव पनि थियो।
२०७२ सालको भूकम्पले घर ढलेपछि उनले भोगेको कठिनाइ त झनै गहिरो थियो। घरमा खाने–लाउनेसम्मको समस्या थियो। छिमेकीसँग पाल माग्दा नपाएपछि खुला आकाशमुनि तन्ना ओछ्याएर रात बिताउनुपरेको त्यो समय सम्झँदा आज पनि उनका आँखामा आँसु आउँछन्। २०७९ सालमा हरिवन नगरपालिका वडा नं. ४ मा उद्यमशीलता तालिम सञ्चालन भयो।
More politics
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबु र रोशनबिच सहमति, माफी मागे- पोस्ट डिलिट गर्नेNepal Khabar