ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहा
Read the full story at Nepal Khabar

मधेस सरकारबाट नेकपा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव दबाबमा परेका छन्। यादव नेतृत्वको सरकारबाट एमाले मन्त्रीले गएको ३० असोजमै राजीनामा दिएका थिए। नेकपाका मन्त्रीहरूले भने गएको शुक्रबार (२० कात्तिकमा)राजीनामा दिएका हुन्। सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअन्तर्गत मुख्यमन्त्री यादवले यही २८ कात्तिकभित्र अनिवार्य विश्वासको मत लिनुपर्छ।
यदि उनले विश्वासको मत नलिएमा स्वतः पदमुक्त हुनेछन्। जसपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने उद्देश्यसहित मधेस सरकारबाट एमाले र नेकपा बाहिएको चर्चा छ। अब जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार बन्ने र त्यो सरकारमा एमाले र नेकपा पनि सहभागी हुने कतिपयले बताइरहेका छन् मधेसमा नयाँ सरकार गठको गृहकार्य कसरी चलिरहेको छ? शुक्रबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएर म यतिबेला सर्लाही घर आएर बसेको छु। चाडपर्वको बिदा भएकाले हामी पनि चुपचाप बिदामा बसेका छौँ।
तर, मिडियावाजी विभिन्न ढंगले भइरहेका छन्। ती सबै सत्य छैनन्। अनुमानका कुराहरू भइरहेका छन्। सरकारको नेतृत्व जसपालाई दिएर एमाले र नेकपा पनि सरकारमा जाने चर्चा चलिरहेको छ त? यो भनाई र हल्ला एमालेले चलाएको हो।
More politics
- अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्योNepal Khabar
- कालीमाटीमा च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो, अरु तरकारीको कति?Nepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar