Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

Read the full story at Onlinekhabar (Nepali)

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड देखिन्छ । विगतका वर्षमा तिहारको समयमा बजारका पसलहरूमा प्रशस्त देखिने रंगीविरंगी कृत्रिम फूलका माला भने यस वर्ष निकै कम देखिएका छन् । २३ कात्तिक, गुल्मी । तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ ।

विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला वर्षमा प्राकृतिक फूलको सट्टा कृत्रिम फूलका माला प्रयोग गर्ने क्रम बढ्दै गएको थियो । गुल्मीमा भने केही वर्षदेखि स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरणमा रोक लगाएसँगै प्राकृतिक फूलप्रतिको आकर्षण बढ्न थालेको छ । तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड देखिन्छ ।

विगतका वर्षमा तिहारको समयमा बजारका पसलहरूमा प्रशस्त देखिने रंगीविरंगी कृत्रिम फूलका माला भने यस वर्ष निकै कम देखिएका छन् । त्यसको सट्टा प्राकृतिक मखमली र सयपत्री फूलका मालाले बजारमा स्थान पाउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएपछि बजारमा यस्ता माला भित्रिने क्रम रोकिएको हो ।