नेपाल यू–१९ एसिया कपबाट बाहिरियो
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का भएको हो। पाकिस्तानले लगातार दुई खेल जित्दै चार अंक जोडेको छ।
भारत र यूएईले समान दुई अंक बनाएका छन्। नेपालले भने पहिलो खेलमा शुक्रबार भारतसँग र दोस्रो खेलमा आइतबार यूएईसँग हार बेहोरेको थियो। यसअघि पाकिस्तानले यूएईलाई पराजित गरेको थियो भने भारतले नेपाललाई हराएको थियो। समूह चरणमा नेपालले अब पाकिस्तानसँग खेल्न बाँकी छ। त्यस्तै, भारत र यूएईबीच पनि खेल हुनेछ।
अन्तिम खेल जिते पनि नेपालको अधिकतम दुई अंक मात्र हुनेछ। भारत र यूएईबीचको खेलको नतिजा आएमा कम्तीमा एक टोलीले चार अंक पुर्याउने निश्चित भएकाले नेपाल शीर्ष दुईमा पुग्न सक्ने छैन। भारत र यूएईबीचको खेल नतिजाविहीन भए पनि दुवै टोलीको तीन–तीन अंक हुनेछ। त्यसैले अन्तिम खेलअघि नै नेपालको प्रतियोगितामा यात्रा टुंगिएको हो।
More politics
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबु र रोशनबिच सहमति, माफी मागे- पोस्ट डिलिट गर्नेNepal Khabar