Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

‘मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन’

Read the full story at Onlinekhabar (Nepali)

‘मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान दिँदै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको बताएका छन् । १९ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरको फलफूल फार्मको जग्गा सट्टापट्टा गर्दा आफूबाट कुनै गलत र अनुचित काम नभएको जिकिर गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको बताएका छन् । मन्त्रालयबाट पेश भएका प्रस्तावहरू कानून बमोजिम भए/नभएकोबारे हेर्ने अधिकार मुख्यसचिवको हुने भन्दै उनले प्रस्ताव कानून विपरीत भएमा फिर्ता पठाउन सकिने भएमा मुख्यसचिवले त्यसो नगरेको बयान गरेका छन् । प्रधानमन्त्रीले मुख्यसचिवमाथि विश्वास र भरोसा गर्ने भन्दै उनले मुलुकलाई नोक्सान हुने कुरा आफूले कल्पना पनि नगरेको जिकिर गरेका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले रिजाल क्यानिङको जग्गा र उक्त कम्पनीका सञ्चालकहरूसँग आफ्नो मन्त्रिपरिषद्का तत्कालीन सदस्य डा. मिनेन्द्र रिजालसँगको नातासम्बन्धबारे समेत थाहा नभएको बताएका हुन् ।