Skip to main content
समाजSetopati

दास बनाइएका पुर्खाकी सन्तान, जो अमेरिकाको इतिहासमै पहिलो अश्वेत महिला गभर्नर बनिन्

Read the full story at Setopati

दास बनाइएका पुर्खाकी सन्तान, जो अमेरिकाको इतिहासमै पहिलो अश्वेत महिला गभर्नर बनिन्

उनका हजुरबुबाले नै जर्जियाको गाउँबाट आउँदा एट्लान्टाका केही भवनमा प्रवेश गर्न अगाडिको ढोका प्रयोग गर्न पाउँदैनथे। पछाडिको ढोकाबाट भित्र जानुपर्थ्यो। मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा ५६ वर्षीया बटम्स जर्जियाको गभर्नर निर्वाचित भएकी छन्। उनी अमेरिकाको इतिहासमा कुनै पनि राज्यको गभर्नर निर्वाचित हुने पहिलो अश्वेत महिला हुन्।

बटम्सले रिपब्लिकन पार्टीका अर्बपति व्यवसायी रिक ज्याक्सनलाई पराजित गरेकी हुन्। यससँगै जर्जियामा २४ वर्षदेखि कायम रिपब्लिकन पार्टीको गभर्नर पदमाथिको नियन्त्रण पनि अन्त्य भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार चुनावी अभियान क्रममा बटम्सले आफूले इतिहास रच्न सक्ने सम्भावनाभन्दा सर्वसाधारणको आर्थिक समस्या र आफ्नो भावी योजनालाई प्राथमिकतामा राखेकी थिइन्। उनको जितको ऐतिहासिक महत्त्व अमेरिकी राजनीतिभन्दा निकै परसम्म फैलिएको छ।

विशेषगरी अश्वेत समुदाय र महिलाहरूका लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि बनेको छ। अमेरिकाको दक्षिणी राज्य जर्जिया कुनै बेला दासप्रथाको केन्द्रमध्ये एक थियो। अश्वेत मानिसलाई सम्पत्तिका रूपमा किनबेच गरिन्थ्यो। उनीहरूलाई राजनीतिक अधिकार मात्र होइन, सामान्य नागरिकसरह जीवन बिताउने स्वतन्त्रता समेत थिएन।