गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै
Read the full story at Nagarik News

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ। नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, बेलझुण्डी दाङको आयोजनामा मौलाकालिका संस्कृत विद्यापीठ तथा धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरको सहकार्यमा कात्तिक २८ देखि ३० गतेसम्म सम्मेलन आयोजना हुन लागेको हो। शुक्रबार गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा नेपालको प्राचीन ज्ञानपरम्परा, वैदिक वाङ्मय, संस्कृत शिक्षा, मौलिक संस्कृति तथा नैतिक मूल्यको संरक्षण र संवर्द्धनमा योगदान पुर्याउँदै आएका गुरुकुलहरूको संस्थागत विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइयो।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले गुरुकुल शिक्षाको गुणस्तर सुधार, संस्थागत व्यवस्थापन, शैक्षिक उपलब्धि तथा दीर्घकालीन विकासका लागि साझा दृष्टिकोण निर्माण गर्ने लक्ष्य राखेको सम्मेलनका सदस्य सचिव डा. रामचन्द्र कँडेलले बताए। उनका अनुसार गुरु–शिष्य परम्परामा आधारित गुरुकुल शिक्षा नेपाली सभ्यताको प्राचीन र विशिष्ट शैक्षिक सम्पदा हो।
वैदिक ज्ञान, दर्शन, संस्कृत साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद, योग, अध्यात्म, नैतिक शिक्षा तथा जीविकोपयोगी ज्ञानको हस्तान्तरणमा गुरुकुलहरूले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। ‘गुरुकुल शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन।
More business
- Paytm gets RBI’s in-principle nod to revive wallet business; shares hit record highThe Hindu
- प्रोटोन ईमास५ प्रति विश्व बजारमा आकर्षण बढ्दो, गाडीले मलेसियामा पायो दुई अवार्डBizmandu
- In major breakthrough, U.S. assures India of comparative tariff advantage over its competitorsThe Hindu
- खप्तड क्षेत्रमा पर्यटन प्रवर्धनका लागि एकीकृत इको टुरिजम परियोजना, लागत २७ अर्ब रुपैयाँBizmandu
- घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धारDC Nepal
- युनाइटेडका कप्तान फर्नान्डेसले सम्झौता नवीकरण गर्न मानेनन्Ratopati